
भुकम्पले भत्कीयको घर लक्ष्मि पुजाकोदिन निर्माण गरे विष्णुले
तिहार विर्सिएर अस्थायी टहरा निर्माण गर्दै युवा नेता ऐडी


बझाङ: छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ कि लक्ष्मि गिरी एकल महिला हुन् । श्रीमानको निधनपछी विछिप्द बनेकी गिरीको साथमा ६ जना छोरी मात्रै छन् । कालले श्रीमानलाई लग्यो । भुकम्पले घर लगेपछी न घरको न घाटको बनेकी गिरीको साथमा रहेका ६ छोरी र आफ्नो त्रिपाल मुनिको बास भएको थियो । असोज १६ गते गएको भुकम्पका कारण उनको घर तहसनहर भयो । ज्याला मजदुरी गरेर श्रीमान छहुन्जेल लगायको भुकम्पले लगेपछी घर लगाउदा निकालेको ऋण समेत तिर्न बाँकी छ ।
सेतो कपडामा छोरी सहीत गिरीलाई त्रिपाल मुनी देखीपछी विष्णु ऐडीले उनको दुःख मा मलमपट्टी लगाउने निधो गरे । उनले तिहार अघि नै उनको घर नजीकै टिनको अस्थायी टहरा निर्माण गरी दिने बचन बद्धता ब्याक्त गरे । मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका लगायतका ठाउँहरुमा यस्तै दुःख परेका एकल महिला अति विपन्न परिवारका लागी अस्थायी टिनका टहरा निर्माण गर्न समय लाग्यो । उनले बचन दिएका गिरीको घर निर्माण गर्न समय नपुग्ने भयो । तिहार अघि नै टहरा निर्माण गरीदिने अश्वसन दिएका ऐडीलाई राती निन्द्रा समेत नपरेपछी लक्ष्मि पुजाको दिन एका विहानै टिन सहित लिएर लक्ष्मिको घरका पुगे ।

उनको जस्तै बेहाल र त्रिपाल मुनिको बास परिगालकी एकल महिला देबकी गिरीको पनी थियो । साना २ छोरा सहित त्रिपाल मुनी बसेकी गरीको पनी अवस्था दहनिय छ । घरमा बस्न सक्ने अवस्था थिएन । त्रिपाल मुनि बस्दा उनका स साना हुर्कीदै गरेका २ कोपीला(छोरा) चिसोले विरामी परी सकेका थिए । सेती नदीको छेउमा त्रिपाल मुनि बास बस्नु पर्ने अवस्था भएपछी चिसोले बयस्कलाई त गाह्रो पार्छ भने ति एकल महिला र बालकलाई गाह्रो नहुने कुरा नै भएन । एक विहानै टिन सहित साथमा उनका साथीहरु लिएर खाना नखाई मुख समेत सफा नगरी टिनको टहरा निर्माण गर्न लागे । लक्ष्मि पुजाकै दिन २ परिवारका लागी २ वटा टिनका टहरा निर्माण गरी दिए । कल्पनामा यसरी टिनको टहरामा लक्ष्मिपुजाको दिन बसौला भनेर सोचेकी पनी थिईन् लक्ष्मि गिरीले गहभरी आँसु पार्दै भनिन् ‘मेरा लागी साँच्चै लक्ष्मिपुजाको दिन लक्ष्मि बनेर (विष्णु ऐडीलाई औलाले देखाउदै) उहाँ नै आई दिनु भयो ।
अर्काको खेतमा भएपनी टिनको टहरा निर्माण गरेर जानुभयो । श्रीमानको वितेको १६ दिन मात्रै भएको छ । छोरीहरुलाई कसरी हुर्काउने , कसरी पढाउने, भन्ने चिन्ता एक तर्फ थियो भने अर्को तर्फ घरपुर्ण रुपमा भत्कीएको थियो । घर भत्कीएपछी एक रातपनी राम्रो संग सुत्न पाएकी थिईन । मेरा लागी त विष्णु ऐडी भगवान बनेर आउनुभयो । उहाँको जहिले पनी कल्याण होस् भन्दै प्रसंसा गर्न थालिन्’। यस्तै अस्थायी टिनको टहरा लक्ष्मि पुजाको दिन निर्माण गरीदिएपछी आफ्ना लागी भगवान लक्ष्मिको एउटा अवतारका रुपमा ऐडीलाई पठाएको देबकी गिरीले बताईन् । जसरी दशै त्रिपालमुनि बसेर रात दिन रोएर विताएकी थिए । त्यसरी नै तिहार पनी रुएर वित्छकी भन्ने सोचकै थिए । भगवान नै प्रकट भएजसरी एका विहानै टिनको टहरा निर्माण गरी दियो । उहाँले गर्दा ढुक्कले घर भित्र बास बस्न पाईने भयो । ओत लाग्ने ठाउँ बनाईदिनुभयो ।धन्य होस् उहाँलाई जन्मदिनु हुने उहाँका माता पिता र उहाँलाई सहयोग र हौसला दिन उहाँका साथीहरुको कल्याण होस् भन्दै खुःसीका आँसु खसाल्दै ऐडीको प्रसंसा गरीन् ।
यसरी अस्थायी टहरा निर्माण गरी रहँदा ऐडी पनी निकै खःसी देखीन्थे । उनले समय समयमा आफुलाई सहयोगगर्ने साथीहरुलाई सम्झी रहेका थिए । उनी यसमा रमाई रहँदा लक्ष्मिपुजा भन्ने नै विर्सिएका थिए । दशैमा समेत घरपरिवार संग संगै बसेर मनाउन नपाएका ऐडी तिहार पनी विर्सेका थिए । उनको कान्छि छोरी रसुले फोन गरेर धनगढी कतिबेला पुग्नु हुन्छ ? भनेपछी ऐडी झस्किए । लक्ष्मिपुजाको दिन घरमा पुग्छु भनेका ऐडी लक्ष्मिपुजाको राति ९ बजे सम्म भुकम्प पिडीतहरुका लागी अस्थायी टिनको टहरा निर्माणमा नै ब्यास्त थिए ।
ऐडीले छोरीलाई आफुले गरेको कामको बारेमा भने र राती नै उक्त टिनको टहरानिर्माण सम्पन्न पश्चात उनि तिहारका लागी राती १० बजे बझाङ बाट धनगढी लागे । उनले तिहारपछी लगत्तै फेरी यसरी नै अस्थायी रुपमा टिनका टहरा निर्माण गरी सहयोग गर्ने बताएका छन् । ऐडीले भने ‘मलाई सबैले साथ र सहयोग दिई रहेका छन् । आफु संगै पढ्ने साथिहरु देखी लिएर अन्य सुभचिन्तकहरुले पनी सपोर्ट गरी रहेका कारण हामी यसरी काम गर्न सकेका छौ । सहयोगी मनहरु सबैलाई सम्झेको छु । सबै काम सम्पन्न पश्चात पत्रकार सम्मेलन गरेर कहाँ कति खर्च लाग्यो र को कोले कति सहयोग गरे भनेर जानकारी गराउने छु । अहिले काम गरी रहेका छौ । चिसो बाट जोगाउन हामीहरु एकल महिला , अतिविपन्न परिवारहरुलाई टिनका टहरा निर्माण गर्दै गएको उनले बताए ।’
