Attariya Hospital Pvt.Ltd.

जाजरकोटमा राहत सामाग्री सहयोग

padma
milan sunchadi

जाजरकोटका भुकम्प पिडितहरुलाई राहत सामाग्री सहयोग गरिएको छ । देश तथा बिदेशमा रहने बिभिन्न सहयोगी दाताहरुको सहयोग तथा कोरियाबाट पुर्व एस .एस पि चक्र सिंहको पहलमा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल नामक संस्थाले राहत सामाग्री सहयोग गरेको हो ।

 

समाजसेवी एवम् ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष चादनी ऐर र समाजसेवि भागरथी बडालको नेतृत्वमा गत कार्तिक १७ गते गएको बिनासकारी भुकम्प परि प्रभावित भएका पहिलो चरणमा जाजरकोट नलगाढ वडा नं ७,५ र १ का मृत्यु भएका परिवारलाई ,दोस्रो चरणमा अपाङ्ग अशक्त र दलित परिवारलाई , तेस्रो चरणमा एकल महिला वृद्ध वृद्धा अनाथलाई ,चौथो चरणमा पुर्ण क्षती भइ ध्वस्त भएका घर घर बस्ती बस्तीमा गएर प्रत्यक्ष पीडित परिवारहरुलाई सहयोग गरीएको समाजसेवी एवम् ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल चादनी ऐरले बताउनु भयो ।

 

देश तथा बिदेश बाट सहयोगी दाताहरुको सहयोगमा कैलालीका समाजसेवी कबिन्द्र ठकुल्ला, समाजसेवी दिपक चौहानको पहलमा र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकि चादनी ऐरको सहकार्यमा २२५ परिवारहरुलाई स्थानीय नलगाढ वार्ड ७ का समाजसेवी महेश सिंह ज्युको सहजीकरणमा बितरण गरिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.