आज भाईटिकाको दिनमा कस्तो छ त आजको मौसमी विवरण, आजका लागि भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासमा चिसो बढ्दै
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बुधबार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०८० कार्तिक २९ गते (बुधबार)
दिउँसो ː कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना छ ।
राती : कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा राती न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना छ ।
२०८० कार्तिक ३० गते (बिहीबार)
दिउँसो ː कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना छ ।
राती : कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। रातीमा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना छ ।
२०८० मंसिर १ गते (शुक्रबार)
दिउँसो ː कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना छ ।
राती : कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।