Attariya Hospital Pvt.Ltd.

अवैध भिपिएन प्रयोगले बैंकिङ डाटा चोरिन सक्छ : साइबर ब्यूरो

padma
milan sunchadi

काठमाडौँ – नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएसको प्रयोगबाट महत्वपूर्ण डाटाहरू चोरिनसक्ने भएकाले त्यस्ता अवैध गतविधिमा संलग्न नहुन सर्वसाधारणमा सूचित गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ को निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाइएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोले यस्ता क्रियाकलाप नगर्न अनुरोध गरेको छ।

ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताका डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैकिङ विवरणमा समेत पहुँच पुर्‍याइ चोरी हुने र आर्थिक दुरुपयोगका घटना बढिरहेको पाइएको भन्दै यस्ता क्रियाकलाप साइबर सुरक्षाका दृष्टिकोणले समेत जोखिम रहेको जनाएको छ।

Siddi ganesh

यस्तै विद्युतीयस्वरुपमा गैर–कानूनी कुरा संप्रेषण गर्ने, संप्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने जस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ ब्यूरोले सचेत गराएको छ।

ब्यूरोले आज एक सूचना जारी गर्दै भनेको छ, ‘राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन सबैमा अनुरोध गर्दछ।’

Nawadurga
Leave A Reply

Your email address will not be published.