कञ्चनपुर – कञ्चनपुरमा ज्यान मार्ने धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भीमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडि डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन्।
जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई मंगलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।