Attariya Hospital Pvt.Ltd.

दार्चुलामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

padma
milan sunchadi

दार्चुला – अरिंगालको टोकाइबाट दार्चुलामा एक वृद्धको मृत्यु भएको छ।

मंगलवार बिहान अरिङ्गालले टोक्दा महाकाली नगरपालिका–९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको मृत्यु भएको हो।

घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएको ९ नम्बर वडाका सदस्य खिमसिंह सामन्तले बताए।

Siddi ganesh

घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।

Nawadurga
Loading...