अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गत कार्तिक १७ गते एक सुचना जारी गरेर प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात,बिक्रि वितरण पुर्ण रुपमा प्रतिबन्ध गरिएको जानकारी गरायो । उत्त निर्णयपछी अत्तरिया बजारमा तिहारको समयमा लुकीछिपी बेच्न राखिएका प्लास्टिकका फुलमाला नगर प्रहरीले बरामद पनि गर्यो । लगत्तै नगरपालिकाले अत्तरिया चौराहसहित नगरका विभीन्न स्थानहरुमा ‘प्लास्टिक निषेधित क्षेत्र’ लेखीएका होडिङ्ग बोर्डहरु राखिरहेको छ ।
तर निर्णय कडाइकासाथ भने लागु गरेको छैन । अहिलेपनि प्लास्टिकजन्य झोलाहरु बजारक्षेत्रभित्र छ्याप्छ्याप्ती देख्न सकिन्छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट प्लास्टिकजन्य झोलाको सट्टामा कुनै विकल्प दिन नसकिएको हुदाँ उत्त निर्णय अहिले कडाइकासाथ लागु गर्नु व्यवहारिक नहुने बताउँछन् । तिहारको समयमा ठुलो मात्रामा बाहिरबाट आउने फुलमालाहरु आयात हुने र उत्त सुचना सार्वजनिक गर्दा प्रभावकारी हुने भएकोले निषेधको सुचना सार्वजनिक गरीएको उनले बताए ।
अहिले नररपालिकाले उत्त सुचना जनस्तरसम्म पुर्याउन होडिङ्ग बोर्ड राख्ने,पर्चा पम्प्लेट वितरण गर्ने लगायतका कार्य गरिरहेको उनको भनाई छ । उनले केहि दिनमै अत्तरिया क्षेत्रका विभीन्न संघ सँस्थाहरु अत्तरिया उधोग वाणिज्य संघ,होटल व्यवसायी संघ लगायत सम्बन्धीत निकाय र व्यत्तिहरुसंग अन्र्तक्रिया गरेर ठोस निर्णयमा पुगीने बताए । “अहिले एक्कासी कडाइ गर्नु व्यवहारीक हुँदैन उनले भने गोदावरीमा प्लास्किट निषेध हुदैँछ है भनेर जनस्तरसम्म सुचना पुर्याउनकालागि लागि परेका छौँ,केहि दिनमै सम्बन्धीत निकायहरुसंग अन्र्तक्रिया गरेर ठोस निर्णयमा पुग्छौँ ।”
प्लास्टिकजन्य झोलाको सट्टामा स्थानीय व्यवसायीले फाइबरयुत्त झोला उत्पादन गर्न चाहेमा केहि सहुलियत समेत गर्न सकिने गरी नगरपालिका अघि बढ्ने भट्टले बताए । पछील्लो समय स्थानीय तहले प्लास्टिकजन्य झोला निषेधका निर्णय गर्न थालेका छन् । यसअघि सरकारले वातावरण प्रदूषण न्यूनीकरण गर्न भन्दै २०७१ सालमै प्लास्टिकका झोला प्रतिबन्ध गर्ने निर्णय गर्यो । त्यसअघि २०६८ सालमा पहिलो पटक प्लास्टिक झोला निर्देशिका जारी गरेको थियो भने २०७८ सालमा कार्ययोजना नै बनायो ।
तर अहिलेसम्म प्लास्टिकका झोला प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयन भएको छैन । देशभर वार्षिक कति प्लास्टिकका झोला खपत हुन्छन् भन्ने यकिन तथ्यांक भने छैन । तर प्लास्टिक झोला उत्पादन गर्ने करिब १ सय ४० वटा उद्योग छन् । नेपालमा उत्पादित झोलाले मात्र नपुगेर आयातसमेत हुने गरेको छ । त्यसो त संघीय सरकारले २०७८ सालमा औद्योगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदार्थबाहेक ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोग रोक लगाउने कार्ययोजना कतै पनि पालना भएको छैन ।
पातलो प्लास्टिक झोलाले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने जानकारहरु बताँउछन् । निषेधित प्लास्टिकको प्रयोग वा बिक्री गरे वातावरण संरक्षण ऐनअनुसार ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । २०७१ सालमा प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सूचना राजपत्रमा प्रकाशित गरेको सरकारले २०७२ साल वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा प्लास्टिकका झोला प्रयोग निषेध गरेको थियो ।
यो प्रतिबन्धलाई क्रमैसँग अन्य स्थानीय तहसम्म लागू गर्ने योजना पनि थियो । तर कार्यान्वयन हुन नसकेपछि २०७८ सालमा फेरि राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । तर व्यवहारमा त्यसको प्रयोगमा कमी आएको छैन ।
४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिकका झोला पुन प्रशोधन नहुने र यो फोहोरका रुपमा फैलिन्छ । यसलाई कुहिन पनि धेरै समय लाग्ने भएकाले वातावरण प्रदूषणको मूख्य कारक हुने गरेको छ । प्लास्टिक प्रयोगबाट हुने वातावरण प्रदूषण र मानव स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावबारे प्रत्येक व्यक्ति सचेत नभएसम्म यसको प्रयोग न्यूनीकरण सम्भव नभएको जानकारहरु बताउँछन् ।