अत्तरिया – लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा एक युवकको हत्या गरिएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी का २६ वर्षीय मोहन अधिकारीको हत्या भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
आफन्तको बिबाहमा घोडाघोडीबाट प्रतापुर गएका अधिकारीलाई मङ्गलवार राती कुटपिट गरी घाइते बनाइएको र उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ ।
प्रतापपुरका स्थानीय युवा संगको सामान्य विवादमा अधिकारीको हत्या गरिएको बताइएको छ ।
प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। लम्की–चुहा नगरपालिका–९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सबै व्यक्ति लम्की चुहान नगरपालिका वडा नम्बर ९ का हुन्।