Attariya Hospital Pvt.Ltd.

गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरिएको छ । आज (सोमबार) नगर प्रमुख विरेन्द्र भट्टले वडा नम्बर १२ चापमा एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका हुन् ।

वडा नम्बर १२ क्षेत्रमा स्थानीय जनताले हिँडडुल गर्दैै गरेको बाटोघाटो मर्मत गरी उत्त वडाका १० जना महिलाहरुलाई १०० दिन रोजगार दिई स्वरोजगार बनाउने लक्ष्य रहेको कुरो गोदावरी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले बताए ।

१०० दिन काम गरेमा ६८ हजार रुपैयाँ प्रति ब्यक्तिले पाउने कुरो रोजगार कार्यक्रम संयोजक उनले बताए । गोदावरी नगरपालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रममा ७३ जना छनोट भएकोमा वडा नम्बर १२ का १० जना रहेका छन् ।

Siddi ganesh

केही महिना अगाडी पालिकामा फारम भरेकाहरु मध्ये विपन्न, गरीब, पिछडिएका लाइ प्राथमिकतामा राखी रोजगार दिने प्रक्रिया अनुसार आज बाट नै काम संचालन भएको छ ।

रोजगार कार्यक्रमको कामको निर्देशन एबं प्राविधिक निरिक्षणका लागि रोहित सुबिदी (प्राविधिक सहायक – रोजगार सहायक) र अनिल विकलाई खटाईएको वडा अध्यक्ष भीम बहादुर खड्काले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले गोदावरीको पर्यटकीय सम्भाव्यता बोकेको नायल ताल र चाप सल्लीसम्म सडक सुविधा बाह्रै महिना सुचारु गर्ने गरी काम अगाडि बढाउन प्रदेश सरकारसंग पहल भईरहेको बताए ।

Nawadurga
Loading...