लागुऔषधका प्रयोगकर्ता धेरै भएका जिल्लामा कैलाली दोस्रो

Image

अत्तरिया – गोदावरीमा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको छ । ‘लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मंगलबार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंको आयोजनामा लागुऔषध सेवनकर्ताहरुसंग गर्नुपर्ने व्यवहार, नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गोदावरी नगरपालिकामा सम्पन्न भएको हो ।

 कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो प्रमूख प्रहरी उपरीक्षक चक्रराज जोशीले नेपालको लागुऔषधका प्रयोगकर्ता धेरै भएका जिल्लामा पहिलो काठमाडौं र  दोस्रो कैलाली रहेको उल्लेख गरे ।

देशभर लागुऔषध प्रयोगकर्ता धेरै हुने जिल्लामा पहिलो काठमाडौं र दोस्रोमा कैलाली रहेको उनले बताए । पछील्लो तथ्याङ्क अनुसार देशमा अझै लागुऔषध प्रयोग गर्ने संख्या बढ्दै गएको देखिएको उनले बताए । लागुऔषध प्रयोग नियन्त्रणकालागि आ आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने उनले बताए ।

उनले लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु देशब्यापी रुपमा चलाउँदै आइरहेको बताए । नेपालमा सबै भन्दा बढी २५ देखि २९ वर्षका उमेरका व्यक्तिहरू लागुऔषधमा फसेको पाइएको छ ।