अत्तरिया – सुदूरपश्चिम प्रदेशस्थित सीमानाकामा रहेका सशस्त्र र प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ । विशेषगरी बढी आवतजावत हुने नाकाहरुमा सशस्त्रलाई प्रविधिमैत्री बनाउन थालिएको हो ।
आज (बुधबार) मात्रै सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गरेको छ । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १÷१ थान उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
यस्तै सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ ।
यस्तै सीमा सुरक्षालाई चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रीको भनाई छ । सोही क्रममा मन्त्रीसहितको टोलीले त्रिनगरको सिमा नाकामा रहेको नागरिक सहायता कक्षको पनि अनुगमन गरेको छ ।