अत्तरिया – मिथ्या सूचना सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
सिएमआर नेपालले कैलालीको धनगढीमा मंगलबार र बुधबार मिथ्या सूचना सम्बन्धी कार्यशालाको आयोजना गरेको हो ।
आइआरआइको सहयोगमा आयोजना गरिएको उत्त कार्यशालामा कैलाली,कञ्चनपुर,डोटी,डडेल्धुरा र दार्चुलाका विभीन्न संघ सँस्थामा कार्यरत २० जनाको सहभागिता रहेको थियो ।
कार्यशालामा अनुभवी पत्रकारहरु उज्वल आर्चाय र उमेश श्रेष्ठले आफ्नो प्रस्तुती राखेका थिए ।