गोदावरीबाट रास्वपाको ‘घण्टीमित्र’ अभियान सुरु,सुदूरपश्चिमभरी चल्ने

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘घण्टीमित्र’ अभियान सुरु गरेको छ । रास्वपाले कैलालीको गोदावरी नगरपालिकाबाट उत्त अभियानको सुरुवात गरेको हो । अभियान सुदूरपश्चिम प्रदेशभरी सञ्चालन गरिने पार्टीका गोदावरी नगर सभापति दिपक ओझाले जानकारी दिए । अभियानमा जोडिनका लागि प्रदेश समितिले कार्यविधि बनाएर १ सय रुपैयाँ शुल्क निर्धारण गरेको उनले बताए ।

‘घण्टीमित्र’  सदस्यहरू पार्टीका गतिविधि, बहस, छलफलमा सहभागि हुन पाउने भएपनि पार्टीको अधिवेशनमा उम्मेदवार र भोटर भने बन्न भने पाउने छैनन् । ‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुले सहजै पार्टीको सदस्यता लिन सक्ने बताए ।

क्रियाशिल सदस्य बन्न नचाहने तर रास्वपामा आवद्ध हुन चाहनेहरुकालागि उत्त अभियान सञ्चालन गरिएको ओझाले बताए । क्रियाशिल सदस्य बन्न पार्टीले एक हजार रुपैँया तोकेको छ । तर कोहि व्यत्तिको आर्थीक अवस्था कमजोर भएमा वडा र नगर कमिटिको सिफारिसमा उत्त अभियान अन्तरगत निःशुल्क पनि सदस्यता प्रदान गर्न सकिने ओझाले बताएका छन् ।

अभियानबाट संकलन भएको रकम प्रदेश खातामा जम्मा गरेर पछि ७० प्रतिशत पालिकामा फिर्ता गरिने जनाइएको छ । ३० प्रतिशत रकम भने प्रदेशमा रहने जनाईएको छ ।