गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

बिहीवार जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन्।

nisarga

घाइते जोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताएका छन्।