Attariya Hospital Pvt.Ltd.

आज यी प्रदेशमा हुनेछ हिमपात

padma
milan sunchadi

काठमाडौं – पश्चिमी वायु ‘स्ट्रङ’ हुँदा आज देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । केही दिन अगाडि पश्चिमी वायु कमजोर हुँदा हिमपात भएको थिएन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । देशको तराईको थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Siddi ganesh

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.