सुदूरपश्चिम महोत्सव शनिबार हाउस फुल

Image

अत्तरिया – धनगढीमा जारी सुदूरपश्चिम महोत्सव शनिबार हाउस फुल भएको छ । महोत्सवमा दर्शकको उपस्थीती यस बर्षको सबै भन्दा बढी हो ।

महोत्सवस्थलको चौर दर्शकले भरिभराउ बनेको थियो । थारु गाउँ प्रदर्शनी, किनमेल बजार , रमाइलो मेला लगाएत का सबै ठाउँ दर्शकले भरिएको थियो ।

महोत्सवमा नायक पल शाह को क्रेज पनि अत्यधिक थियो । उनका फ्यानहरु पनि महोत्सवमा अधिक सहभागी थिए । पलले पनि महोत्सवमा दर्शकलाई आफ्नो नृत्य मार्फत मनोरंजन दिए ।

महोत्सव २२ गतेबाट शुरु भएको थियो ।