बाह्रदेउ ज्यावन समाज कैलालीको पहिलो साधारण सभा सम्पन्न,अध्यक्षमा लक्ष्मण धामी

Image

अत्तरिया – बाह्रदेउ ज्यावन समाज कैलालीको पहिलो साधारण सभा सम्पन्न भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत नमस्ते होटलमा समाजको उत्त साधारण सभा सम्पन्न भएको हो ।

सभाले आज नयाँ कार्यसमिति पनि चयन गरेको छ । जस्को अध्यक्षमा नमस्ते होटलका सञ्चालक लक्ष्मण धामी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जय बहादुर धामी तथा उपाध्यक्षमा नरेश बोहरा चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा वीर बहादुर धामी,सचिवमा अथक कुमार धामी चयन भएका छन् भने सदस्यहरुमा राम बहादुर धामी,लाल बहादुर धामी र गणेश बहादुर धामी चयन भएका छन् ।

१३ जनाको कार्यसमिति रहनेमा बाँकी ५ जना समितिले केहि दिनमा छनोट गर्ने जनाईएको छ । पुर्खौली घर बझाङ भई बाह्रदेउ ज्यावन देउताका आस्थावान व्यत्तिहरु एकजुट हुने उदेश्यले उत्त समाजको स्थापना गरिएको अध्यक्ष धामीले बताएका छन् ।