धनगढी – धनगढीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई) को निधन भएको छ।
धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने अनुसन्धान सहायक रवीन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
भट्ट मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए । उनी राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनगरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।