Attariya Hospital Pvt.Ltd.

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

padma
milan sunchadi

धनगढी – कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा सोमवार साँझ दुर्घटना भएको हो।

मोटरसाईकल चालक कैलारी गाउँपालिका वडा नम्बर-५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

Siddi ganesh

दुर्घटनामा घाईते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाईकलमा पछाडीसवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ। दुबै मोटरसाईकल नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.