देशका यी भूभागमा आज दिनभर बदली

Image
maya metro

काठमाडौं – पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ।

दिउँसो र राति देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भने मौसम सफा रहने छ।

nisarga

आज वर्षा तथा हिमपातको सम्भावना छैन। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको महाशाखाले जनाएको छ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।