अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारमा छाडा चौपाया व्यवस्थापनकालागि निर्माण गरिएको अस्थाई टहरा सञ्चालनमा चुनौति थपिएको छ ।
गत भदौमा स्याउलेमै रहेको सुर्योदय सामुदायिक वनले छाडा चौपाया व्यवस्थापनकालागि अस्थाई टहरा निर्माण गरेको थियो । टहरामा राखीएका चौपायाको रेखदेखकालागि एकजना व्यत्ति राखेको भएपनि आजसम्म तलब दिन नसकेका कारण चुनौति थपीएको वनकी अध्यक्ष जगत्रा देवी सिंहले बताईन् ।
“हरेक महिना दश हजार रकम दिने गरी हेराला राखेका हौँ,उनले भनीन् आजसम्म तलब दिन सकेका छैनौँ,अब के गर्ने भन्ने छलफलमै छौँ ।” टहरा निर्माण गरिएपनि पानिको पनि समस्या भईरहेको उनले बताईन् । टहरा निर्माण को समयमा नल्का गाड्न नसकिएको उनले बताईन् ।
अहिले टहरा सरसफाईकालागि नजिकै रहेको विश्वनाथ शिव मन्दिरको नल्काबाट पानि ल्याएर काम चलाईरहेको उनले बताईन् । करिब ७० पशु चौपाया अटाउने उत्त अस्थाई टहरा वनले ६ लाख ५९ हजार ३१० रुपैँयामा निर्माण गरेको थियो । हाल टहरामा एक सय जति छाडा चौपाया रहेका छन् ।