यी प्रदेशमा आज दिनभर बदली

Image

काठमाडौं – लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशको मौसम सामान्यतया सफा छ।

तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो र राति देशभर आंशिक बदली रहने छ। ​

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।