आज दिनभर आंशिक बदली

Image

काठमाडौं – देशभर अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम आंशिक बदली रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।