Attariya Hospital Pvt.Ltd.

१७ औँ सुदुरपश्चिम महोत्सव सम्पन्न

padma
milan sunchadi

धनगढी – धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन भइरहेको सुदुरपश्चिम महोत्सव बिहीवार सम्पन्न भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेबाट सुरु भएको १७ औँ सुदुरपश्चिम महोत्सव २०८० (बिहीवार) सम्पन्न भएको हो।

महोत्सवको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समापन गरेका हुन्। महोत्सव मंसिर २२ गते देखि पौष ५ गते सम्म सञ्चालन भएको छ। महोत्सव सुरुमा पौष २ गते सम्म सञ्चालन गर्ने भनेपनि दर्शकको उपस्थिति र मागलाई मध्यनजर गरेर पौष ५ गते सम्म लम्ब्याइएको थियो।

महोत्सवमा आयोजक उद्योग वाणिज्य संघले १० करोड बराबरको कारोबार हुने आँकलन गरेको थियो। महोत्सवमा भएको कारोबारको बारेमा केहि दिनमै सार्वजनिक गर्ने उद्योग बाणिज्य संघले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.