Attariya Hospital Pvt.Ltd.

ट्याक्टरको ठक्करबाट धनगढीमा बालिकाको मृत्यु

padma
milan sunchadi

धनगढी – कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहिवार ट्याक्टरले ठक्कर दिएको हो।

हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ। उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो।

Siddi ganesh

बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.