धनगढी – सामाजिक सञ्जालमा तथानाम लेखेको भन्दै धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘गोगाजासुस” का बिरुद्ध धनगढीका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका छन् ।
धनगढीका वडा अध्यक्षहरु बिरुद्ध फेसबुकमा असभ्य शब्द लेख्ने बिरुद्ध जिल्ला प्रशासनका मौखिक उजुरी दिएको वडा नम्बर ९का वडा अध्यक्ष प्रेम भण्डारीले जानकारी दिएका छन् ।
धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस” ले धनगढी उपमहानगरपालिका बहुमत कार्यपालिका सदस्यहरुले छलफल बिना राजपत्रमा प्रकाशित भएको भन्दै जग्गा प्लटिङ कार्यविधी खारेजीको माग हित प्रस्ताव दर्ता गराएपछि नगर प्रमुख गोपाल हमालको बचाउ गर्दै समाजिक सञ्चालमा वडा अध्यक्षहरुलाई तथानाम लेखेको वडा अध्यक्षहरुको आरोप छ ।