गोदावरीबाट भन्सार छलीको झन्डै ३८ लाख बराबरको सामान बरामद

Image

धनगढी – कैलालीमा भन्सार छली ल्याएको झन्डै ३८ लाख बराबर को अबैध सामान बरामद गरीएको छ ।

आज दिउँसो गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाबाट पश्चिमबाट पुर्ब तर्फ आईरहेको एक बोलेरो जिपबाट उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र चौकीडांडा प्रहरी पोष्टको टोलीले कंचनपुरको बेदकोट नगरपालिका – १० का चालक बिरेन्द्र रानाले चलाएको सु.प.प्र.०१-००१ च ३१६९ नम्बर को बोलेरो जिप रोकि चेकजाँच गर्दा कपडा, किर्केट ब्याट, स्केल र क्लिप बोर्ड बरामद गरेको कैलालीका प्रहरी प्रबक्ता डिएसपी कुलदिप चन्दले बताए ।

बरामद गरिएको सामान भंसार कार्यालय धनगढी पठाईएको र चालकलाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताएका छन् ।