bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

धर्मले समाजलाई लक्षित बाटोमा डो¥याउँछ : नगर प्रमुख भट्ट

गोदावरी धाम र आर्यघाटको विकास अनिवार्य रहेको भन्दै उनले इसाई र मुस्लीम धर्मका व्यत्तिहरुकालागि अलगै आर्यघाट अनिवार्य रहेको महसुस आफुलाई भएको बताएका छन् ।

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले धर्मले समाजलाई लक्षित बाटोमा डो¥याउँने बताएका छन् ।

समाजको प्रगतिका लागि धर्म आवश्यक रहेको भन्दै उनले धर्मको संरक्षण पनि आवश्यक रहेको र त्यसकोलागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताए । आज (शनीबार) गोदावरी इसाई समाजले अत्तरियामा आयोजना गरेको संयुत्त ख्रीष्मस कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले नेपालमा सबै जातजाती भाषाको समान अधिकार रहेको बताए ।

“उनले भने नेपाल धर्म निरपेक्ष राष्ट्र भएको हुनाले हरेक ठाँउमा सबैको अधिकार बराबर रहन्छ, संविधानले नै धर्म निरपेक्ष राष्ट्र बनाईसकेपछी कसैको कम अधिकार र कसैको बढी भन्ने हुदैँन ।” गोदावरी नगरपालिका इसाई र मुस्लीम समाजकालागि दश दश लाख रुपैँया बजेट छुट्याईएको उनले बताए ।

Siddi ganesh

गोदावरी धाम र आर्यघाटको विकास अनिवार्य रहेको भन्दै उनले इसाई र मुस्लीम धर्मका व्यत्तिहरुकालागि अलगै आर्यघाट अनिवार्य रहेको महसुस आफुलाई भएको बताएका छन् ।

यसकालागि दुवै धर्मका व्यत्तिहरुसंग बसेर छलफल गरिने उनले बताए । यसुले समाजलाई सहि बाटोमा हिँडाउनकालागि उदेश्यले गरेका प्रयासहरु अविष्मरणीय रहेको भन्दै नगर प्रमुख भट्टले ख्रीष्मस डे को शुभकामना व्यत्त गरे । कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्टले बजेट अभावका कारण थुप्रै कामहरु गर्न नसकिएको बताए ।

उनले गत वर्ष पनि निर्धारित बजेटबाट संघिय सरकारले काटेको र यसवर्ष पनि साढे चार करोड नगरपालिकाको खाताबाट अदालतले नै झिकेको बताए । “अघिल्लो मेयरका पालमा नदीजन्य पर्दाथको ठेक्का प्रकियाको मुद्धाकालागि साढे चार करोड नगरपालिकाको खाताबाट अदालतले पहिले नै झिकिसकेको छ उनले यसरी विकास बजेट फेरी कम हुने हो की भनेर हामी आशंकित भएका छौँ ।”

ख्रीष्मस डे को पुर्वसन्ध्यामा गोदावरी इसाई समाजका अध्यक्ष डेभिट कैनीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधीहरु,विभीन्न संघ सँस्थाका प्रतिनिधीहरु तथा कृषीयन धर्मका आस्थावान व्यत्तिहरुको उपस्थीती रहेको थियो ।

 

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.