अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का महिलालाई दुना टपरी बनाउने तालिम दिन सुरु गरिएको छ ।
गोदावरी नगरपालिकाको आर्थीक सहयोगमा बास्कोटा सामुदायिक वनले महिला विकास कार्यक्रम अन्र्तगत उत्त कार्यक्रम सुरु गरेको हो । सात दिनसम्म चल्ने उत्त कार्यक्रममा हाल ३५ जना सहभागी रहेका छन् ।
सात दिनपछी थप ३५ जनालाई सोहि तालिम प्रदान गरिने बताईएको छ । गोदावरी नगरपालिका प्लाष्टीकमुत्त क्षेत्र घोषणा गरिएकोमा उत्त तालिमले थप सहयोग पुग्ने वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले बताए ।
उनले तालिमका सहभागीहरुले सिकेको सिपको सदुपयोग गरी दुना तथा टपरी निरन्तर उत्पादन गरेमा नगरपालिकाले बजार व्यवस्थापनमा समेत सहयोग गर्ने बताएका छन् ।