कैलालीमा यौनिक तथा लैंगिक अल्पसंख्यक जोडी मनिला र प्रकाशले गरे विवाह दर्ता

Image
maya metro

कैलाली – कैलालीको कैलारी गाउँपालिकामा यौनिक तथा लैंगिक अल्पसंख्यक जोडी मनिला न्यौपाने र प्रकाश बाबु चौधरीले विवाह दर्ता गराएका छन्।

सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता‍को व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएपछि कानूनी मान्यता पाउने यो दोस्रो विवाह हो। मनिला र प्रकाश बाबुले चार वर्षअघि नै मन्दिरमा नेपाली परम्परा अनुसार विवाह गरिसकेका थिए।

nisarga

त्यही वेलाको फोटो, भिडिओ तथा मन्दिरमा तिरेको रसिद देखाएपछि कैलारी गाउँपालिका-८ को वडा कार्यालयमा गत शुक्रबार उनीहरूको विवाह दर्ता भएको हो।

अहिले दुवैको परिवारले उनीहरूलाई स्वीकार गरिसकेको छ। यसअघि लमजुङको दोर्दी गाउँपालिकामा रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डेबीच नेपालको पहिलो समलिंगी विवाह दर्ता भएको थियो।

समलिंगी विवाहलाई दर्ता गर्ने कानूनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले समलिंगी विवाह दर्ता‍को व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो।