अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा पर्यटन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरिएको छ ।
केहिदिनअघि मन्त्री किराँतीले दिएको अभिव्यक्ति विरुद्ध आज (आइतबार) साँझ स्याउले चोकमा स्थानीय स्वतन्त्र युवाहरुले मन्त्री किराँतीको पुत्ला दहन गरेका हुन् ।
एक कार्यक्रममा बोल्दै मन्त्री किराँतीले भनेका थिए”क्रीस्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो,संविधान नमान्नु देश द्रोह गर्नु हो । देशद्रोह गर्नेलाई हत्कडि लाएर जेलमा कोच्नुपर्छ ।”
मन्त्री किराँतिको उक्त अभिव्यक्तिको अहिले सर्वत्र विरोध भईरहेको छ ।