यी प्रदेशमा दिनभर बदली

Image

काठमाडौं – देशका विभिन्न भू–भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।