बढ्दै बैंकिङ कसुर : ५ महिनामा साढे तीन करोडका २७ मुद्धा दर्ता

Image

अत्तरिया – पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च दरमा बढ्न थालेको छ । कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीको तथ्यांक अनुसार चालु आर्थीक वर्षको ५ महिनामा बैंकिङ कसुरसम्बन्धी २७ ओटा मुद्धा दर्ता भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बरालले बताएका छन् ।

ति मुद्धाको बिगो रकम ३ करोड ६२ लाख ५६ हजार रुपैँया रहेको छ । जबकी गत आर्थीक वर्षमा उत्त कसुरसम्बन्धी ३० ओटा मात्रै मुद्धा दर्ता भएका थिए । ३० मुद्धाको बिगो रकम ४ करोड २० लाख १६ हजार रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीको तथ्यांक रहेको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय मालाखेतीमा चालु आर्थीक वर्षको मंसिरसम्म विभीन्न शिर्षकमा १५८ ओटा मुद्धा दर्ता भएका छन् ।

जसमा सबैभन्दा बढी सार्वजनिक हित कसुरका ३३, लागूऔषधका २९ र बैंकिङ कसुरका २७ मुद्धा गर्दा भएको बरालले बताए । गत आर्थिक वर्षमा लागूऔषधका ५४ मुद्धा दर्ता भएकोमा चालु आर्थिक वर्षको ५ महिनामै २९ मुद्धा दर्ता भइसकेको उनले बताए । त्यस्तै यि पाँच महिनामा झुन्डिएर आत्महत्या गरेका १६, भवितव्य ज्यान सम्बन्धीका ११, सवारी ज्यानका ९, सवारीबाट भवितव्य शिर्षकमा ७ मुद्धा दर्ता भएका छन् ।

त्यसैगरी फुटकर ज्यान ४, चोरी र जबरजस्ती करणीका ३÷३, जुवा, आत्महत्या दुरुत्साहन, विष सेवन, हातहतियार खरखजना, बहु विवाह, यौन दुराचार २÷२ र सवारी अंगभंग, जबरजस्ती करणी, ठगी र ज्यान मार्ने उद्योगका १÷१ मुद्दा दर्ता भएको बरालले बताएका छन् ।

चालु आर्थिक वर्षको पाँच महिनामा ईलाका प्रहरी कार्यालय मालाखेतीेले ४ किलो ७७१ ग्राम चरेस र ५० ग्राम ९१ मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै आर्थीक वर्ष २०७९÷८० देखी हालसम्म ४ जना पुरुष र २ जना महिला गरी ६ को करेन्ट लागेर मृत्यु भएको र ५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीेको तथ्यांक रहेको छ ।