bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

सम्पर्कमा नरहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

padma
milan sunchadi

काठमाडौं – नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरण सहित हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज (बुधबार) सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी दिएको छ।

आफूखुसी कार्यालयमा हाजिर नभएकाहरुमा पर्साका रम्भु राम, तेह्रथुमका सुदीप लिम्बु, ओखलढुंगाका विनोद बस्नेत, बर्दियाका प्रेम बहादुर चौधरी, मोरङका मुकेश कुमार मण्डल, दोलखाका रमेश पोखरेल, मकवानपुरका बुद्धबल तामाङ र काभ्रेका रुपक केसी छन् ।

Siddi ganesh

यसैगरी दाङका राजु चौधरी र मायाराम चौधरी, सल्यानका धर्मराज वली, रुपन्देहीका मिलन भट्टराई, उदयपुरका निर्जन थापामगर, संखुवासभाका यलम्बर राई, रौतहटका महेश साह, बागलुङका राजेन्द्र परियार, दैलेखका लोकेन्द्र बहादुर थापा, जाजरकोटका टोप बहादुर सिंह, डोटीका लक्ष्मण बहादुर थापा, मोरङका रन्जित कुमार राम र जाजरकोटका टेक बहादुर खड्कामा पनि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.