अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन नगराउन नेकपा( एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् ।
बुधबार नगर प्रमुख विरेन्द्र भट्टको कार्यकक्षमा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नगरउपप्रमुख शारदा देवी रोकायाको नेतृत्वमा ४ जना वडा अध्यक्ष सहित १७ वडा सदस्यहरुले हस्ताक्षर गरेर नगरप्रमुखलाई ध्यानाकर्षण बुझाएका छन् ।
एक स्थानीय सरकारले सम्पन्न गरीसकेको काम दोहोर्याएर गर्दा जनमानसमा नकरात्मक असर पर्ने एमाले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
एडिबीले निर्माण गरेको उक्त भवन निर्वतमान नगरप्रमुख हरि सिंह साउँदले २०७८ चैत्रमा उद्घाटन गरेका थिए। त्यो बेला भवन निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।
निर्माण सम्पन्न नहुँदै भवन उद्घाटन गरेको भन्दै कांग्रेस निकट एक युवाले उद्घाटनकाक्रममा कालो झण्डा समेत देखाएका थिए ।