दार्चुला – दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ ।
बुधबार साँझ नौगाड गाउँपालिका–३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा बिजयको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार बिजयको जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीबाट घरमा रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।
स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।