Attariya Hospital Pvt.Ltd.

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बाग्फाँटामा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । एक जना फरार रहेको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय प्रेमप्रकाश जोशी रहेका छन् । मंगलबार घर नजिकैको जंगलमा किशोरीलाई बोलाएर स्थानीय दुई जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

उनका अनुसार किशोरीलाई जोशी र फरार रहेका अर्का व्यक्तिले फोन गरेर जंगलमा बोलाएका थिए ।

Siddi ganesh

डीएसपी डाँगीले फरार रहेका अर्का आरोपितको खोजी भइरहेको बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको पनि उनले बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.