गोदावरी होटल व्यवसायी संघले नियुत्त गर्यो विभिन्न सल्लाहकारहरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी होटल व्यवसायी संघले विभिन्न पदमा सल्लाहकारहरु नियुत्त गरेको छ ।

संघले डाक्टर डम्मर बहादुर पाललाई सल्लाहकार नियुत्त गरेको छ । सल्लाहकार सदस्यहरुमा लिलाधर बास्कोटा,विर्खराज भट्ट क्षत्रराज जोशी,रुकुम भट्ट र सुरेन्द्र भट्टलाई नियुत्त गरिएको छ ।

त्यस्तै कानुनी सल्लाहकारमा अधिवत्ता देवराज भट्टलाई नियुत्त गरेकोे छ । त्यस्तै संघले प्रेस सल्लाहकारमा अनिल पन्त र शारदा फुलारालाई नियुत्त गरेको छ ।

संघको गत मंगलबार बसेको कार्यसमितिको वैठकले सल्लाहकारहरु नियुत्त गर्ने निर्णय गरेकामा आज एक कार्यक्रमकाबिच पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

उत्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण धामीले सँधै व्यवसायीको हकहितमा काम गर्ने बताए । उनले गोदावरी होटल व्यवसायी संघलाई व्यवसायीहरुको साझा सँस्था बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए ।