Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जना पक्राउ

padma
milan sunchadi

महेन्द्रनगर – कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जनालाई पक्राउ गरिएको छ ।

भीमदत्त नगरपालिका-१८ पुस्पलाल चोक स्थित साधारण माध्यमिक विद्यालयबाट १ दशमलव ८६ ग्राम चरेश र अवैध लागूऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका वडा नम्बर १४ पलिया बस्ने २२ वर्षीय पारस चन्दसहित तिन जना आईतवार दिउँसो पक्राउ परेका हुन् ।

अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ ।

Siddi ganesh

यस्तै पुर्नबास नगरपालिका-११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध खैरो हिरोइन र अवैध लागूऔषध निटकोर १० निट्राजिपाम लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर ५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जना आईतवार दिउँसो पक्राउ परेका हुन् ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी चारै जनालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.