अत्तरियामा एक पसलमा आगलागी

Image
फाइल फोटो

अत्तरिया – कैलालीको अत्तरियामा एक पसलमा सोमवार साँझ आगलागी भएको छ।

गोदावरी नगरपालिका–१ भरतपुर टोलस्थित रामजानकी मन्दिरको गेट नजिकैको जयश्री वेद जनरल स्टोरमा विद्युत् सर्ट भई आगलागी भएको हो।

2 ad new year 1

पसल सञ्चालक बन्द गरेर घर गइसकेका थिए।

आगलागी भएको स्थानीयले देखेपछि सटरको ताल्चा तोडेर स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

पसलभित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकि छ।