Attariya Hospital Pvt.Ltd.

गोदावरीको बेलपानी- फूलबस्तीमा विद्युत लाइन विस्तार

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-४ को बेलपानी- फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार गरिएको छ । मंगलबार गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले विद्युत स्विच अन गरेर सो क्षेत्रको विद्युतको शुभारम्भ गरेका हुन् । विकट पहाडी बस्तीमा विद्युत विस्तार भएपछि स्थानीय हर्षित भएका छन ।

विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तारभएपछि फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीय हर्षित भएका हुन ।

गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विद्युत विस्तार गर्न सफल भएको बताए ।
कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को फुलबस्ति, पतकानीका स्थानीय बाटोघाटो, बिजुली, खानेपानी, सुरक्षित स्वस्थ्य, सञ्चारलगायतका सुविधाबाट बञ्चित रहेका छन् ।

Siddi ganesh

गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रुपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन् । कार्यक्रममा विद्युत प्राधिकरणधनगढी वितरण केन्द्रका प्रमुख मिथलेश कुमार गुहिबर,वडा अध्यक्ष हेमप्रकाश मल्ल लगायतको उपस्थीती रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.