कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Image

कैलाली – कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देवबहादुर शाहको मंगलवार साँझ मृत्यु भएको हो।

2 ad new year 1

ट्याक्टर चालक जानकी गाउँपालिका-६ जगतपुरका ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।