अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

Image
maya metro

काठमाडौं – सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए।​

nisarga

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ गते प्रचण्डविरुद्ध मुद्दा दर्ता गरेका थिए।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षड्यन्त्र भन्दै द्वन्द्वकालका मुद्दा ब्यूँताए विद्रोह गर्ने चेतावनी दिएका थिए।

यो मुद्दामा उनले लिखित जवाफसमेत अदालतलाई बुझाएका थिए। लिखित जवाफमा उनले आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतबाट नभइ अन्य संयन्त्रबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै प्रचण्डले रिट खारेज हुनुपर्ने जिकिर गरेका थिए।