bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

अत्तरियाका महिलालाई व्यवसायिक चिया तथा नास्ता तालिम

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा १० दिने व्यवसायिक (चिया तथा नास्ता) तालिम सम्पन्न भएको छ । नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा जिवनज्योति महिला विकास बहुउद्देशिय सहकारी संस्थाले छोटो अत्तरियाका २० जना महिलाहरुकालागि १० दिने व्यवसायिक (चिया तथा नास्ता) तालिमको आयोजना गरेको थियो ।

तालिम पश्चात सहभागिलाई संस्थाको तर्फबाट २५ हजार बराबरको खाजा नास्ता पकाउने सामग्री ग्यास चुलो, कडाइ, डाडु पन्यु, मम , चाउमिन, चाट, आदी पकाउने भाडाकुरा सहित अन्य सामग्री वितरण गरेको छ । १० दिने छोटो अवधिको व्यवसायिक चिया तथा नास्ता तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

समापन कार्यक्रममा बोल्दै गोदावरी नगर पालिकाका नगर प्रमुख विरेन्द्र भट्टले भने, संघसंस्थाहरुले नागरिकमुखी कार्य गरिरहेको बताए । यस पालिका भित्र रहेका जनतालाई शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा पनि हामीले विभिन्न संघसंस्थाहरुसँग नगरपालिकाले पनि सहकार्य गरिरहेका छौ,उनले भने नगरका महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यमा संघसंस्थाहरुको भुमिका अझ महत्वपुर्ण बनेको छ ।’

Siddi ganesh

उनले सहकारीहरुकै कारण महिलाहरु आत्मनिर्भर बन्न सकेको समेत बताए । उनले तालिममा सहभागीता जनाउने मात्रै नभई सिकेका सिपलाई सदुपयोग गर्ने कुरामा पनि ध्यान दिन सहभागीहरुलाई अनुरोध गरेका थिए ।

सहकारीकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा आयोजित समापन कार्यक्रममा नगरप्रमुख सँगै ,उपप्रमुख शारदा रोकाया, नगर प्रबक्ता गोपालदत्त भट, कार्यपालिका सदस्य ईश्वरी रावल, नगरपालिकाका कृषि शाखा प्रमुख दिव्यराज जोशी, रोजगार संयोजक रोहित जोशी, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा सहितको उपस्थीती रहेको थियो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.