Attariya Hospital Pvt.Ltd.

बालसुधार गृहमा ३० वर्षसम्मका युवा,उमेर नमिल्दा झडप

padma
milan sunchadi

काठमाडौं – बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रूपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या शुरु भएको हो।

डेढ वर्षमा विभिन्न ६ बाल सुधागृहमा झडप भएका छन् । भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए। क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ।

शनिबारको देशका ९ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन्।

Siddi ganesh
plastik

युसेप नेपालका निर्देशक केशव सुवालले ३० वर्षसम्मका युवालाई सुधारगृहमा राख्नु पर्दा समस्या बढिरहेको बताए। सुधारगृहमा राखिएकामध्ये ४५ प्रतिशतको उमेर १८ वर्षभन्दा माथि भएकाले बाल सुधारगृहमा झडप हुने गरेको उनको दाबी छ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बालबन्दीलाई सुधार्नका लागि सुधारगृहमा राखिए पनि उमेर बढ्दै गएपछि उनीहरूबिच गुट उपगुट बनाउने कार्य विस्तार भएर झडपको स्थिति सिर्जना भएको जानकारी दिए। मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले अस्वस्थ खाना र बसाइ पनि बालसुधारगृहका समस्या भएको बताए।

भदौमा भक्तपुरमा भएको झडपपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा पनि १९ वर्ष उमेर नाघेकालाई सुधारगृहमा बालबालिकासँग नराख्न भनेको थियो।

गोरखापत्र दैनिक

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.