Attariya Hospital Pvt.Ltd.

मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन

padma
milan sunchadi

धनगढी – धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो ।

लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए ।

उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् । धनगढी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेर ६ लेन सडकखण्डमा साइकल लेन निर्माण गरेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.