अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले वडा नम्बर ८ स्याउलेस्थीत जयलक्ष्मी ग्रामिण विद्युत सहकारी सँस्थालाई ट्रान्सफर्मर सहयोग गर्ने घोषणा गरेका छन् ।
शनीबार सँस्थाको १९ औँ साधारणसभामा भट्टले सँस्थालाई ट्रान्सफर्मर सहयोग गर्ने घोषणा गरेका हुन् । ट्रान्सफर्मरकालागि करिब आठ लाख रुपैँया आवश्यक पर्ने बताईएको छ ।
जसबाट पचास प्रतिशत सँस्थाले बेहोर्नेछ भने पचास प्रतिशत रकम नगरपालिकाले दिनेछ । ट्रान्सफर्मर अभावका कारण जयलक्ष्मि ग्रामिण विद्युत सहकारीका उपभोत्ताहरु विद्युतको “लो भोल्टेज”को समस्या भोग्दै आएका छन् ।
विद्युतको “लो भोल्टेज”का कारण गर्मीयाममा पंखा नचल्ने,मोटर नचल्ने,विद्युतिय उपकरणहरु नचल्ने समस्याका कारण उपभोत्ता हैरानी खेप्दै आएका छन् ।