Attariya Hospital Pvt.Ltd.

विकास निर्माणकालागि बजेट अभाव : नगर प्रमुख भट्ट

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पालिकाको विकास निर्माणकालागि बजेट अभाव भएको बताएका छन् । शनीबार वडा नम्बर ८ स्याउलेस्थीत जयलक्ष्मि ग्रामिण विद्युत सहकारी सँस्थाको १९ औँ साधारणसभामा आफ्नो भनाई राख्दै भट्टले नगरपालिकामा विकास निर्माणका कामलाई अगाडि बढाउन बजेट अभाव भएको बताएका हुन् । विकास निर्माणमा लगाउनुपर्ने बजेट अन्य शिर्षकमा खर्च भईरहेका कारण विकास बजेट अभाव भएको भट्टको भनाई छ ।

“यो भन्दा पहिलेका मेयरले दरवन्दीभन्दा बढी ४३ जना स्वास्थ्यका कर्मचारीहरु भित्राउनु भएको छ,जस्का कारण नगरपालिकालाई झण्डै आठ करोड दाईत्व बोझ भईरहेको छ उनले भने, त्यस्तै डेढ सय जना नगर शिक्षक उहाँले भर्ति गरेर जानुभो, जस्का कारण झण्डै १० करोड आर्थीक भार नगरपालिकालाई परेको छ । अठार करोड विकासको पैँसा नगरपालिकाबाट तलबमा गईरहेको छ,यस्तो अवस्थामा हामीले कसरी काम गर्न सक्छौँ ?” नगरको आन्तरिक आम्दानी न्युन र विकासको बजेटको ठुलो हिस्सा तलबमा खर्च गर्नुपर्दा काम गर्न मुस्कील भएको उनले बताए ।

शिक्षाको क्षेत्रमा अहिले पनि समस्या भोगीरहेको उनले बताएका छन् । “कतिपय विद्यालयमा विद्यार्थी छैनन् शिक्षक छन्,कतिपयमा शिक्षक छन् विद्यार्थी छन् भट्टले भने ।” सुदूरपश्चिम प्रदेशको प्रदेश राजधानी समेत घोषणा गरेको यस नगरपालिकाको बिस्तारमा मुख्य केन्द्रमा बसपार्कको स्तरोन्नतीका लागि नगरपालिकाले उक्त जमिन चलनभोग गर्न चाहेको तर भोगाधिकार नहुँदा बसपार्क निर्माणको कार्यमा भने अन्यौलता छाएको नगरप्रमुख भट्टको भनाई छ ।

Siddi ganesh
sudur last

बसपार्क लगायत अत्तरिया क्षेत्रको ठुलो भुगोलमाथी नेपाली सेनाले दावी गर्दा अन्यौलता सिर्जना भएको उनले बताए ।े यस्तै नगरप्रमुख भट्टले लामीताललाई पर्यटकिय स्वरुप दिन पनि सो जमिन नगरपालिका मातहत हुनुपर्ने बताए । उनले पर्यटकिय विकाशले नगरपालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने हुँदा लामीताललाई व्यवस्थीत गरेर पर्यटकिय स्वरुप दिन सकेमा नगरको आन्तरीक आम्दानी आर्जीत हुने हुने र त्यसका लागी पनि उक्त जमिन नगरपालिका मातहत हुन अनिवार्य भएको बताए । गोदावरी धाम र आर्यघाटलाई व्यवस्थित गर्न नगरपालिका लागि परेको उनले बताए ।

गोदावरी आर्यघाटमा पानीको व्यवस्थापन सहित लास जलाउने ठाँउ र किरिया पुत्री भवन समेत आवश्यक भएको उनले बताए । पालिकाको बजेटले सम्भव नभएको अवस्थामा प्रदेश सरकार र संघिय सरकारसंग समेत समुन्वय गरी अगाडि बढीरहेको भट्टको भनाई छ । नगरको समग्र विकासकालागि गेटा मेडिकल विश्वविद्यालय पनि अनिवार्य भएको भट्टले बताए । नगर प्रमुख भट्टले अबको पाँच महिनाभित्र नापीको काम सकिने दावी गरे । उनले नापीको काम छिटो सम्पन्न गर्न नगरपालिकामात्रै नभई उपभोत्ता पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।

केहि कागजात बिग्रेको,छुटेको भएमा सुचना पाउनासाथ मिलाएमा नगरपालिकालाई पनि सहज हुने उनले बताए । गेटाका सुकुम्बासी परिवारहरुलाई कागजात नमिलेको सूचना गरेको दुई महिना बितिसक्दापनि कुनै प्रतिक्रिया नजनाएको उनले गुनासो गरे । अबको साढेदुई वर्षमा सबैले पाईसक्ने उनले दावी गरे । साधारणसभामा विशिष्ट अतिथीका रुपमा सहभागी वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरी,अन्य अतिथीहरु साना किसान कृषी सहकारी सँस्था लिमिटेड श्रीपुरका अध्यक्ष केशवराज बिनाडी,सुर्योदय सामुदायिक वनकी अध्यक्ष जगत्रा सिंह लगायतले खुटिया खोलाको कटानले स्थानीय त्रशित अवस्थामा रहेको भन्दै तटबन्धनकालागि प्रसस्त बजेटको व्यवस्था गर्न नगर प्रमुख भट्टसंग माग गरे ।

उनीहरुले नगरपालिकाले सबैभन्दा आम्दानी गर्ने नदी खुटीया नै भएको हुँदा तटबन्धनकोलागि सबैभन्दा बढी बजेटको व्यवस्था पनि खुटीयामै गर्न माग गरे । सँस्थाका अध्यक्ष टेक बहादुर देउवाको सभापतित्वमा सम्पन्न साधारणसभामा शेयर सदस्यहरुसहित विभीन्न संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.