बाह्रदेउ ज्यावन समाज कैलालीले नियुत्त गर्यो नौ जना सल्लाहकार

Image

अत्तरिया – बाह्रदेउ ज्यावन समाज कैलालीले नौ जना सल्लाहकारहरु नियुत्त गरेको छ । शनीबार बसेको कार्यसमितिको वैठकले नौ जना सल्लाहकारहरु नियुत्त गरेको हो ।

जस्मा विर बहादुर धामी,नवीन धामी,गोपाल सिंह बोहरा,पैतापसिंह धामी रहेका छन् । त्यसैगरी मनोज धामी,कृष्ण बहादुर धामी,पुर्णीमा धामी,बल बहादुर धामी र विर बहादुर धामी रहेका छन् ।

बाह्रदेउ ज्यावन समाज कैलालीको पहिलो साधारण सभाबाट गत मंसिर ३० गते नयाँ कार्यसमिति चयन भएको थियो ।

पुर्खौली घर बझाङ भई बाह्रदेउ ज्यावन देउताका आस्थावान व्यत्तिहरु एकजुट हुने उदेश्यले उत्त समाजको स्थापना गरिएको हो ।