अत्तरिया – कैलालीको अत्तरियामा रसियन हेयर स्टायल र वाटर प्रुफ ब्राइडल मेकअप सम्बन्धी निःशुल्क तालिम सञ्चालन हुने भएको छ ।
सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाले उत्त तालिमको आयोजना गर्न लागेको हो ।
तालिम भोली ( पौष २३ गते ) बिहान ११ बजेदेखी गोदावरी नगरपालिकाको कार्यालय नजीकै सांसद खेमादेवी विष्टको घरमा सञ्चालन हुने शाखाकी अध्यक्ष दिपीका कुँवरले बताईन् ।
७ दिनसम्म चल्ने उत्त तालिममा शाखाका सदस्यहरुले निःशुल्क रुपमा सहभागिता जनाउन सक्ने जनाईएको छ ।